२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


भूमि आयोग खारेज गरेर भूमिहीनमाथि अन्याय गरेको आरोप


0
Shares

विराटनगर, साउन २२ । प्रदेश १ सभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले संघीय सरकारले भूमि आयोग खारेज गरेर भूमिहीनहरुमाथि अन्याय गरेको आरोप लगाएका छन् ।

बैठकको विभिन्न समयमा बोल्दै एमाले सांसदहरुले ओली नेतृत्वको सरकारले भूमिहीनहरुको समस्या समाधान गर्न बनाएको आयोग देउवा नेतृत्वको सरकारले खारेज गरेर भूमिहीनमाथि अन्याय गरेको आरोप लगाए हुन् ।

एमाले सांसद बिमल कार्कीले विशेष समयमा बोल्दै भूमिहीनलाई धनी पुर्जा वितरण गर्ने तयारी भइरहेका बेला सरकारले भूमि आयोग गठन गरेर गलत गरेको आरोप लगाउनुभयो ।