२ असार २०८२, सोमबार | Tue Jun 17 2025


एक वर्ष नपुग्दै दुई पटक सुत्केरी, चार बच्चा जन्मिए


0
Shares

काठमाडौं । विगत डेढ वर्षदेखि कोरोना भाइरसले विश्वलाई नै बन्धक बनाईरहेको छ । तर यही समयमा विश्वमा केही रोचक घटनाहरु पनि भएका छन् ।

बेलायतमा पनि यस्तै एउटा घटना भएको छ जहाँ एक महिला एक वर्षभन्दा कम समयमा दुई पटक सुत्केरी भएर चार वटा बच्चा जन्माएकी छन् ।

बेलायतको साउथ योर्कसायरमा बस्ने ३१ बर्षिया जेसिका प्रिटचार्टले सन २०२० को मे मा छोरी जन्माएकी थिईन । तर त्यसको ११ महिनापछि उनले सन २०२१ को अप्रिलमा भने तीन वटा बच्चा जन्माएकी छन् ।

पेशाले शिक्षिका रहेकी जेसिकाले आफ्नो लागि एक वर्ष भन्दा कम समयमै दोस्रो पटक सुत्केरी हुनु जति आश्चर्य थियो त्यो भन्दा कैयौं गुणा आश्चर्य एकै पटकमा तिम्लिया जन्मनु भएको बताएकी छन् ।

भिडियो एक्सरे गर्दा गर्भमा तिम्लिया रहेको सुन्दा आत्तिए पनि विस्तारै डर कौतुहलमा परिणत भएको उनले बताएकी छन् । तिम्लिया शिशुको स्वास्थ्य सन्तोषजनक रहेको भन्दै उनले चार वटा शिशुको देखभाल गर्न भने मुश्किल भईरहेको गुनासो उनले गरेकी छन ।

उनका पति र पहिलो सन्तान आठ वर्षकी छोरीले जेसिकालाई सघाईरहेको डेलिमेल पत्रिकाले जनाएको छ ।