Logo ३० भाद्र २०८३, मंगलबार | Tue Sep 15 2026


प्रकाशमानको घरमा पौडेलपक्षीय नेताको छलफल


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडल समुहको भेला सुरु भएको छ। नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा अहिले भेला भइरहेको हो।

पार्टीको १४ औं महाधिवेशन अनिश्चित बन्दै गएपछि पौडेल समुहका नेता छलफलमा जुटेका हुन्। महाधिवेशन अनिश्चित बनेको छ। क्रियाशील विवाद सुल्झन सकेको छैन। कार्यतालिका प्रभावित बनेको छ, पौडेल समूहका एक नेताले भने, यिनै विषयमा छलफल गर्न भेला भएका हौं।

कांग्रेसमा क्रियाशील सदस्यता विवाद मिल्न सकेको छैन। जसका कारण भदौ १६ गतेबाट महाधिवेशन गर्ने गरी ल्याइएको कार्यतालिका प्रभावित बनेको छ।

पौडेल पक्षले विवाद ठाँउको क्रियाशील थाति राखेर १३ औं महाधिवेशनका क्रियाशील सदस्यबाटै महाधिवेशन गर्नुपर्ने बताउँदै आएको छ।
ब्ब