१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


ओलम्पिकः १४ खेलका २२ स्वर्ण पदकको छिनोफानो हुने


0
Shares

एजेन्सी । ओलम्पिकको चौथो दिन आज विभिन्न १४ खेलका २२ स्वर्ण पदकको छिनोफानो हुनेछ ।

पदक तालिकामा अहिलेसम्म ८ स्वर्ण पदक जितेको आयोजक जापान शीर्ष स्थानमा रहेको छ ।

७ वटा स्वर्ण पदकसहित अमेरिका दोस्रो स्थानमा छ भने ६ स्वर्ण पदक जितेको चीन तेस्रो स्थानमा रहेको छ ।

४ वटा स्वर्ण पदक जितेको रसीयन ओलम्पिक कमीटि चौथो स्थानमा छ । रुसमाथि प्रतिबन्ध लागेको अवस्थामा रुसी खेलाडीहरुले देशको नभएर ओलम्पिक कमिटीको झण्डामुनी प्रतिस्पर्धा गरिरहेका छन् ।

टोकियो ओलम्पिकमा अहिलेसम्म २४ देशले स्वर्ण पदक जित्दा ५२ देशले पदक तालिकामा नाम लेखाएका छन् ।

दक्षिण एसियाली देशहरुतर्फ भारतले अहिलेसम्म एउटा रजत पदक हात पारेको छ ।