Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


अर्घाखाँची बस दुर्घटनाः ९ सदस्यीय छानबिन समिति गठन


0
Shares

सागर महत (इमेज)

अर्घाखाँची, मंसिर १३ । जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले बुधबार सन्धिखर्कमा भएको बस दुर्घटना र समग्र जिल्लाको यातायात व्यवस्था सुधारसम्बन्धी ९ सदस्यीय छानबिन समिति गठन गरेको छ ।

शुक्रबार बसेको सर्वपक्षीय बैठकले दुर्घटनाको कारण पत्ता लगाउन र समाधानका उपायहरु खोज्न सहायक प्रमुख जिल्ला अधिकारी विष्णुराज बेल्वासेको संयोजकत्वमा छानबिन समिति गठन गरेको हो ।

समितिले १५ दिनभित्रमा प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको जनाइएको छ ।

यस्तै, शीघ्र सडक स्तरोन्नति र सुधारका लागि तीन तहका सरकार र सम्बन्धित निकायहरुमा पत्राचार गर्ने, सडकको भारवहन क्षमताअनुसार मालवाहक गाडीहरुलाई ‘रुट परमिट’ दिन यातायात कार्यालयलाई अनुरोध गर्नेलगायतका निर्णयहरुसमेत बैठकले गरेको छ ।

गएको बुधबार सन्धिखर्क नगरपालिका वडा नम्बर–६, नरपानीमा लु२ख २१४८ नम्बरको बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको थियो । १५ जनाभन्दा बढी घाइते भएका थिए ।