Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


आगोको रापलाई धुरी कटाउँदै सकियो फुटुक पर्व


0
Shares

ताप्लेजुङ, मंसिर १३ । हिमाली गाउँ ओलाङचुङगोलाबासीले धुमधामका साथ फुटुक पर्व मनाएका छन् ।

परापूर्वदेखि ओलाङचुङगोलामा मात्र मनाइदै आएको पर्वमा यो वर्ष विदेशी पाहुना समेत पुगेका थिए ।

यो वर्षको फुटुक पर्व मनाँउन स्वदेशी तथा विदेशी गरी सयौँको संख्यामा ओलाङचुङगोलामा मानिसहरु जम्मा भएको स्थानीय टाँसी शेर्पाले बताए ।

पर्वको अवधिभर हरेक दिन मध्य रातदेखि लामाहरुले पाठ गर्छन् भने देव नृत्य समेत देखाउने गरेका छन् ।पछिल्ला ४ दिनलाई मुख्य पर्वका रुपमा मनाउने गरिन्छ ।

यस्तै आगोमा घ्यु र तेल लगाएर आगोको रापलाई गुम्बाको धुरी कटाएपछि यसको समापन हुने स्थानीय छेतेन शेर्पाले बताए ।

यसरी बालिएको आगोको रापले धुरी काटे शुभ हुने विस्वाश गरिन्छ । समापन हुने दिन गुम्बाका मुख्य लामाले ठूला देवताको नृत्य देखाउँछन् ।

फुटुकमा नयाँ कपडा फेर्ने, मिठोमसिनो बनाएर खाने प्रचलन रहेको छ ।

पर्वका समयमा सिमावर्ती चीनको तिब्बतदेखि भारतको दार्जलिङ, सिक्किमलगायतका ठाउँबाट समेत सर्वसाधारण जाने गरेका छन् ।