Logo २६ कार्तिक २०८३, बिहिबार | Thu, Nov 12, 2026


उपभोक्ता समितिका नाममा भ्रष्टाचार बढ्यो : देउवा


0
Shares

सुनसरी, मंसिर १० । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपभोक्ता समितिका नाममा देशभर भ्रष्टाचार बढेको आरोप लगाएका छन् ।

उनले केपी शर्मा ओली नेतृत्वको सरकार विकास निर्माणका काममा आफ्ना कार्यकर्ताहरुलाई खटाएर भ्रष्टाचारमा तल्लिन भएको बताए ।

मंगलबार धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै देउवाले भारतले हडपेको कालापानी र लिपुलेक फिर्ता गर्न नसक्नु ओली सरकारको लम्पसारवाद भएको धारणा राखे ।

सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई शाही आयोगजस्तो बनाइ ‘बार्गेनिङ’ गर्ने थलो बनाएको आरोपसमेत उनले लगाए ।

उनले नेपाली जनताले परिवर्तन चाहेको भन्दै उपनिर्वाचनमा सबै स्थानमा कांग्रेस उम्मेदवारले विजयी हासिल गर्ने दाबी गरे ।

सभामा कांग्रेस उपसभापति विमलेन्द्र निधि, केन्द्रीय सदस्यहरु डा. रामशरण महत, महेश आचार्य, गगन थापालगायतले बोलेका थिए ।

यस्तै, कांग्रेसका तर्फबाट धरान उपमहानगरपालिकाको मेयरका प्रत्यासी तिलक राईले आफूले जितेमात्र धरानको विकास हुने जिकिर गरे ।

 

Skip This