Logo १९ माघ २०८२, सोमबार | Mon Feb 2 2026


एनआरएनएले अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयको निर्वाचन अनलाईन प्रणालीबाट गर्ने, प्रतिनिधि शुल्क शुन्य


0
Shares

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले अन्तर्राष्ट्रिय कार्यकारी सचिवालयका पदाधिकारीहरुको निर्वाचन अनलाईन प्रणालीबाट गर्ने निर्णय गरेको छ । संघले निर्वाचनमा भाग लिने प्रतिनिधिको शुल्क समेत शुन्य कायम गरेको छ ।

संघको १७ जुलाई मा बसेको ७८ औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्को बैठकले आगामी अक्टोबर २३–२५ मा १० औँ एनआरएन ग्लोबल सम्मेलन र १० औँ साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ । त्यसका लागि अध्यक्ष कुमार पन्तको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ ।

यस्तै बैठकले निर्वाचनका लागि उम्मेदवार मनोनयन शुल्क सन् २०१९ को निर्वाचनमा तोकिए बमोजिमकै कायम गर्ने, गैरआवासीय नेपाली संघको निर्वाचन सम्बन्धि नियमावली, एनआरएन फाउण्डेसन, आर्थिक नियमावली लगायतका विभिन्न १९ नियमावलीहरु संशोधन गरेको छ ।