काठमाडौं । नेकपा एमलेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा गरिएको हस्ताक्षरप्रति दृढ रहेको स्पष्ट पार्नुभएको छ ।
नेपालले सर्वोच्च अदालतमा विचाराधीन मुद्दामा निवेदक रहेका एमालेका २३ जना सांसदहरु एकसाथ रहेको र आफ्नो मान्यता र हस्ताक्षरप्रति दृढ र स्पष्ट रहेको उल्लेख गर्नुभएको हो ।
हिजो राति एमाले कार्यदलस्तरमा भएको सहमत्तिमा सर्वोच्चमा गरिएको हस्ताक्षरप्रति पार्टीले संस्थागत निर्णय गर्ने सहमत्ति भएको थियो ।
सोमबार बिहान सामाजिक सञ्जालमा लेख्दै नेपालले एमालेको आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति विपरित प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाको फेसबुक स्टाटसप्रति आपत्ति जनाउनु भएको छ ।
‘हिजो राती नेकपा (एमाले)को आन्तरिक एकता सम्बन्धमा कार्यदल स्तरमा भएको सहमति र त्यसलाई व्याख्या गर्ने सन्दर्भमा प्रधानमन्त्री तथा पार्टी अध्यक्षका प्रेस सल्लाहकारको फेसबुक स्टाटस सहमति गर्दा भएको छलफलको मर्म विपरित छ । यो व्याख्या गलत र अस्वीकार्य छ, नेपालले लेख्नुभएकाे छ ।’
नेता नेपालले अदालतमा विचाराधिन मुद्दालाई प्रभावित पार्ने वा अदालतको मानहानी गर्ने गरी गरिएको वा गरिने व्याख्या मान्य नहुने बताउनुभयो ।
प्रधानमन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले कांग्रेस सभापति शेरबहादुर देउवाप्रति इंगित गर्दै सर्वोच्चद्धारा न परमादेश, न पुनस्थापना मच्चियो मच्च्यिो जेठो नराम्री थच्चियो भनेर सामाजिक सञ्जालमा लेख्नुभएको थियो ।
‘शेरबहादुर देउवाको साथमा निवर्तमान प्रतिनिधि सभाका सदस्यहरू अब १४६-२३= १२३ मात्र सर्वोच्चद्वारा न परमादेश, न पुनस्स्थापना! मच्चियो मच्चियो जेठो नराम्ररी थच्चियो !!
जय नेपाल !!!’










प्रतिक्रिया दिनुहोस्