बागलुङ, मंसिर ७ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले नेपालको एक इन्च पनि भूमि भारतलाई नछोड्ने बताएका छन् ।
शनिबार बागलुङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले नेपाली भूमि फिर्ता गर्न भारतसँग राजनीतिक र कूटनीतिक पहल सुरु भइसकेको बताए ।
उनले कालापानी, लिपुलेक, लिम्पियाधुरा महाकालीपूर्वको भू–भाग भएको उल्लेख गरे ।
नेपाली भूमिको अतिक्रमण आफूहरुलाई मान्य नहुने उनले स्पस्ट पारे ।
एक फरक प्रसंगमा उनले मुलुकमा अबको तीन वर्षमा विकासले फड्को मार्ने दाबी गरे ।
उनले पार्टीको पछिल्लो निर्णयले पार्टी झन् एक ढिक्का भएकोसमेत बताए । पार्टीमा अब कुनै भ्रम नभएको र अब बाटो सफा भएको उनको भनाइ थियो ।









प्रतिक्रिया दिनुहोस्