Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


‘सरकारका कारण संविधान, लोकतन्त्र र गणतन्त्र खतरामा’


0
Shares

पोखरा, मंसिर ६ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले कम्युनिस्ट सरकारका कारण संविधान, लोकतन्त्र र गणतन्त्र खतरामा परेको आरोप लगाएका छन् ।

उनले ओली सरकार संघीयताविरोधी भएको भन्दै ठीक ठाउँमा ल्याउन कांग्रेसले उपनिर्वाचन जित्नुपर्ने जिकिर गरे ।

शुक्रबार पोखरा–९ मा आयोजित चुनावी सभामा उनले सरकारले चालेका सबै कदम अलोकतान्त्रिक भएको र सरकार संविधान, प्रेस स्वतन्त्रता, समावेशीता, गणतन्त्र, संघीयता मास्न उद्धत रहेको आरोप लगाए ।

कास्की क्षेत्र नम्बर–२ मा कांग्रेसले चुनाव जिते यस क्षेत्रको विकासमा कायापलट हुने उनको भनाइ थियो ।

नेपाल तरुण दल कास्की–२ ले आयोजना गरेको चुनावीसभामा कांग्रेस संसदीय दलका मुख्य सचेतक बालकृष्ण खाँणले कम्युनिस्ट सरकारले संविधान र कानुन मिचेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको चर्को आलोचना गरे ।