Logo ३ आश्विन २०८३, शनिबार | Sun Sep 20 2026


पास बिनाका सवारीसँग प्रहरीले रकम असुल्दै


13
Shares

बारा, असार २४ । प्रदेश दुई ट्राफिक प्रहरीले बिना सवारी पासका यात्रुबाहक सवारीसँग चेकजाचको नाममा अतिरिक्त रकम लिने गरेको खुलासा भएको छ ।

बिना पास मेचीदेखी पथलैयासम्म यात्रुबाहक रात्री बसले राजमार्गमा पर्ने ट्राफिक प्रहरीलाई अतिरिक्त रकम दिदै पथलैया सम्म आएको बताएपछि रकम असुल्ने गरेको खुल्न आएको हो । प्रदेश दुई ट्राफिक प्रहरी कार्यालय पथलैयाले बिना पास आएका यात्रुबाहक बसलाई गन्तव्यमा जान रोके पछि यात्रुबाहक बसले प्रदेशको लहानमा लामो दुरी भन्दै रसिद नदिई १५ सय लिएको मितेरी, सगुन, पुर्बेली बसका कन्ट्रायाटरहरुले बताए ।

उनिहरुले कोरोनाको जोखीम आफुहरुले लिदै केही बढि भाडा यात्रु संग लिएको स्बिकार्दे उक्त रकमहरु गन्तव्यसम्मका ट्राफिक प्रहरी चेक पोष्टलाई ५ सय देखी १ हजार एक सातादेखी दिएर यातायात संचालन गरेको बताउछन् ।

यात्रुहरुसँग पनि रात्री बसहरुले सुरुबाती स्थानमै ट्राफिक प्रहरी खर्च बढि छ भन्दै साबीक भन्दा तेब्बर बढि रकममा यात्रु ल्याएको हो । लकडाउन केही खुकुलो हुदा राजमार्गमा पर्ने ट्राफिक प्रहरीले अतिरिक्त रकम असुल्दै यात्रुबाहक चल्न दिएपछि अबैध रकमको असुली खुल्न आएको हो ।