Logo २४ असार २०८३, बुधबार | Wed Jul 8 2026


मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन,फागुनपछि काठमाडौंमा खाल्डा नदेखिउन्


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विकासमा सहकार्य र सहउपयोगको नीति लिएर योजना बनाउन मन्त्री र सचिवहरुलाई निर्देशन दिएका छन् ।

मन्त्रिपरिषद्को पुनर्गठनपछि हिजो मन्त्री र सचिवहरुलाई निर्देशन दिँदै प्रधानमन्त्री ओलीले हरेक मन्त्रालयले आफ्नो मातहतका कामको स्थितिबारे चार दिन भित्र रिपोर्ट तयार गर्न पनि निर्देश गरे ।

विकासका लागि सरकारको सामथ्र्यमाथि जनताको विश्वास रहे पनि तत्परतामाथि अविश्वास उत्पन्न रहने गरेको बताउँदै प्रधानमन्त्री ओलीले तत्परता अपनाउन निर्देशन दिए ।

उनले आउँदो फागुनमा हुने आर्थिक वर्षको दोस्रो चौमासिक समीक्षाका बेलासम्म काठमाण्डौ उपत्यकाका सडकमा खाल्डा देखिन नहुने बताए ।

प्रधानमन्त्री ओलीले कार्यसम्पादनका क्रममा लोभ गर्ने र मिलाएर आम्दानी गर्ने प्रवृत्ति देखिए सिधै कारबाहीको भागीदार हुने पनि चेतावनी दिए ।