Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


चीनले विश्वका राजनीतिक दलहरुको सम्मेलन गर्दै, प्रधानमन्त्री ओलीलगायतका नेताले सम्बाेधन गर्ने


0
Shares

एजेन्सी । चिनले विश्वका विभिन्न देशका पार्टीहरुलाई समेटेर राजनीतिक सम्मेलन गर्ने भएको छ ।

चिनिया कम्युनिष्ट पार्टीको एक सयौं वर्षको अवसरमा चीनले नेपालसहित विश्वका राजनीतिक दलका नेताहरुको सम्मेलन आयोजना गर्न लागेको हो ।

नेपलाी समय अनुसार भोलि साँझ ६ बजेपछि सुरु हुने उक्त सम्मेलनलाई ‘वर्ल्ड पोलिटिकल पार्टी समिट’ नाम दिइएको छ । सम्मेलनमा चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवं चीनका राष्ट्रपति सि जिनपिङले ‘कि नोट स्पीच’ दिदैछन् ।

नेपालसहित विश्वका नेताहरुले पठाएको भिडियो सन्देश प्रशारण गरिने छ ।

भर्चुअल कार्यक्रममा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईलगायत सहभागी हुने बताईएको छ ।