Logo १४ आश्विन २०८३, बुधबार | Wed Sep 30 2026


‘मन्त्रीहरुको फेरबदलमा काँग्रेसको सरोकार छैन’


0
Shares

सिन्धुली । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकार रुपान्तरण होस् भनेर प्रमुख प्रतिपक्षी दलले २१ वटा असफलता औल्याएको बताए ।

सिन्धुली सदरमुकाम सिन्धुलीमाडीमा आज नेपाली काँग्रेसका स्थानीय नेता कार्यकर्ताहरुसँगको भेटघाटका क्रममा प्रवक्ता शर्माले सरकारले विगतमा मतदाताहरुको मतको सपना पूरा भयो वा भएन त्यसप्रति औला ठड्याउने काम प्रतिपक्षीको भएकाले सरकारको असफलताका विषयलाई उठान मात्र गरेको बताए ।

उनले सरकारका मन्त्रीहरुको फेरबदलमा काँग्रेसको सरोकार नभएको समेत बताए । प्रवक्ता शर्माले पूर्वमन्त्री मोहम्दद अफ्ताव आलमको कानुन बमोजिम हुने अनुसन्धानलाई सहयोग पुर्याउने समेत बताए ।

उनले उपनिर्वाचनमा सामेल हुँदैं सरकारको क्रियाकलाप हेरेर मतदान गर्न मतदाताहरुलाई अपील समेत गरे । 

Skip This