काठमाडौं । मन्त्रिमण्डल हेरफेर गर्न नेकपाका शीर्ष नेताहरु छलफलमा जुटेका छन्
शीर्ष तहका नेताहरुबीच मन्त्रिमण्डल हेरफेरका बिषयमा कुरा नमिलेपछि नेकपा सचिवालयको बैठक केही पर सारेर मन्त्रीहरुको नाम टुङ्याउन छलफल भइरहेको हो ।
मन्त्रीहरुका नामका बिषयमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच छलफल भइरहेको बालुवाटार स्रोतले जानकारी दिएको छ ।
दुई अध्यक्षको छलफलपछि मात्र सचिवालय बैठक बस्ने भएको छ । यसअघि बुधबार बिहान ९ बजे बैठक बस्ने तय भएको थियो ।
प्रधानमन्त्री ओलीले सक्षम र काम गर्न सक्ने मन्त्रीहरुको नाम अर्का अध्यक्ष दाहालसँग मागेका छन् ।









प्रतिक्रिया दिनुहोस्