Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


नेकपाको सचिवालय बैठकमा सरकार पुर्नगठनलगायतका विषयमा छलफल हुने


0
Shares

काठमाडौं । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ ।

दिउँसो साढे १२ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा सरकार पुर्नगठनलगायतका विषयमा छलफल हुने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरु हेरफेर गर्न लागेका बताए लगत्तै बस्न लागेको बैठकमा सोही विषयमा मुख्यगरी छलफल हुने जनाइएको छ ।

यस्तै बैठकमा पार्टी एकताका बाँकी काम पूरा गर्ने र समसामयिक राजनीतिक विषयमा पनि छलफल हुने जनाइएको छ ।

यस्तै बैठकमा सांगठनिक विषयसँगै स्थायी समितिको बैठक बोलाउने विषयमा पनि छलफल हुने छ ।