Logo २५ असार २०८३, बिहिबार | Thu Jul 9 2026


कम्युनिस्ट नेतृत्व जघन्य अपराधमा मुछिएकाले राजनीतिक विकृतिको विकास : पौडेल


0
Shares

तेह्रथुम, मंसिर ३ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार संविधानको मर्मविपरीत हिँडिरहेको आरोप लगाएका छन् ।

मंगलबार तेह्रथुमको म्याङलुङमा सन्चारकर्मीहरुसित कुरा गर्दै उनले वर्तमान सरकारले जनचाहनाअनुरुप काम गर्न नसक्दा जनतामा वितृष्णा उत्पन्न भएको बताए ।

कम्युनिस्ट नेतृत्व हत्या, बलात्कारजस्ता जघन्य अपराधमा मुछिएकाले राजनीतिक विकृतिको विकास भएको उनको भनाइ थियो ।