
काठमाडौं, कात्तिक २७ । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद नेपाल भ्रमणमा आएसँगै नेपाल–बंगलादेश आर्थिक सम्बन्ध र बंगलादेशले छोटो अवधिमा गरेको आर्थिक वृद्धिको फड्कोका सम्बन्धमा चर्चा–परिचर्चा सुरु भएको छ ।
बंगलादेशको राष्ट्रपतिस्तरबाट ३० वर्षपछि नेपाल भ्रमण भएको हो ।
बंगलादेश पछिल्ला वर्ष निरन्तर आर्थिक विकासमा लाग्दै दक्षिण एसियामै बलियो अर्थतन्त्र बनिसकेको छ ।
विशेषगरी बंगलादेश सन् २००९ पछि राजनीतिक स्थीरता कायम भएसँगै उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि गर्दै विकासको गतिमा अघि बढेको देखिन्छ ।
बंगलादेशमा पछिल्लो समय नीतिगत स्थीरता, नेताहरुको कटिबद्धता र भ्रष्टाचारमा शून्य सहनशीलता नीति तथा दूरदृष्टिकै कारणले बंगलादेश एक दशकमा बलियो अर्थतन्त्र बन्न सफल भएको विश्लेषण छ, बंगलादेशका लागि नेपालका पूर्वराजदूत डा. चोपलाल भुसालको ।
नेताहरुको ‘डेडिकेसन’कै कारण बंगलादेश विकासको गतिमा अघि बढ्न सकेको तर्क भुसालको छ ।
सन् २०११ सम्म पनि नेपाल र बंगलादेशबीच व्यापार बचत कायम भएको थियो ।
सन् २०१२ पश्चात् भने नेपालको निर्यात घट्दै जाने र आयात बढ्दै जाँदा बंगलादेशसँग पनि नेपालले निरन्तर व्यापार घाटा व्यहोरिरहेको छ ।
बंगलादेश र नेपाल दूरीका हिसाबले पनि व्यापारका लागि सम्भावनायुक्त मुलुक भएको र त्यसतर्फ निर्यात बढाउन सकिने भुसालको विश्वास छ ।
भन्सार प्रक्रिया सहजीकरण र भारत भएर नेपाल आउ–जाउ गर्नुपर्ने भएकाले भिसाका लागि त्रिपक्षीय समझदारी गरी सहजीकरण गर्नसके व्यापार प्रवर्द्धनमा सघाउ पुग्ने उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्