Logo २६ बैशाख २०८३, शनिबार | Sun May 10 2026


प्रदेश सभा दुर्घटनामा पर्न नदिन विश्वासको मत दिन गण्डकीका मुख्यमन्त्री पोखरेलको आग्रह


0
Shares

krishna chandra nepali gandaki pradesh

कास्की, असार ४ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले प्रदेशसभा दुर्घटनामा पर्न नदिन आफूलाई विश्वासको मत दिन आग्रह गर्नूभएको छ ।

शुक्रबार प्रदेश सभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गर्दै मुख्यमन्त्री पोखरेलले आफूलाई राजनीतिक स्थायित्व र संघीयताको सुदृढीकरणका लागि विश्वासको मत दिन अनुरोध गर्नुभएको हो ।

मुख्यमन्त्री पोखरेलको जिकीर थियो, ‘यो सरकारले विश्वासको मत नपाउँदा प्रदेशसभा नै दुर्घटनामा पर्ने अवस्था आउने भएकोले त्यस्तो संवैधानिक अप्ठ्यारो आउन नदिन पनि मलाई विश्वासको मत दिनुहुन अनुरोध गर्दछु ।’

सरकार गठनको साता दिनभित्रै नीति तथा कार्यक्रम र बजेटमार्फत लोककल्याणकारी योजना ल्याइएको दावी गर्दै पोखरेलले भन्नुभयो, ‘नीति तथा कार्यक्रम र बजेटमा राखिएका लोककल्याणकारी योजनाको सफल कार्यान्वयनका लागि मलाई विश्वासको मत दिन अनुरोध गर्दछु ।’

उहाँले गठबन्धन दलबाहेक प्रतिपक्षमा रहेका नेकपा एमालेका सांसदहरुलाई पनि मत दिएर सघाउन अपील गर्नुभयो । सभामा विभिन्न सांसदले आ–आफ्ना धारणा राखेका थिए ।

सभामा निवर्तमान मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले व्यक्ति पोखरेललाई समर्थन नगर्नुपर्ने अवस्था छैन तर गठबन्धन सरकारको मुख्यमन्त्रीलाई भने आफ्नो दलले समर्थन गर्न नसक्ने प्रष्ट गर्नुभयो ।