Logo ३१ जेष्ठ २०८३, आइतबार | Sun Jun 14 2026


सर्लाहीमा उखु किसानले मल पाएनन्, मुख्य सिजनमा चाहिन्छ भन्दै `स्टक` राखेको प्रशासनको भनाइ


0
Shares

सर्लाही । उखु खेतीका लागि मल हाल्ने समय भएपनि सर्लाहीका किसानले मल नपाएको गुनासो गरेका छन ।

मलका लागि किसानहरू कहिले कृषि सहकारी संस्था त कहिले कृृषि सामग्री तथा साल्ट ट्रेडिङमा पुग्ने गरेका छन् ।

वर्षासँगै किसानलाई उखुमा मल हाल्ने चटारो हुन्छ  तर सर्लाही प्रशासनले जेठ २० गते सूचना जारी गर्दै अनुदानमा आधारित मलको कोटाभन्दा बढी वितरण भइसकेको हुँदा मौज्दातमा रहेको मल अब मुख्य सिजनका लागि स्टक राख्न भनेको छ ।

मल भण्डारणसम्बन्धी बैठकमा प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले मुख्य सिजनमा मल अभाव हुन नदिन रोक लगाइएको बताउनु भएको छ ।

हाल सर्लाहीको नवलपुरस्थित कृषि सामग्री कम्पनीको गोदाममा युरिया तीन हजार ६ बोरा, डीएपी ७ सय ८९ बोरा, पोटास ५ सय १२ बोरा र कृषि चुन १० बोरा रहेको छ ।

यस्तै साल्ट ट्रेडिङ कर्पोरेसनमा युरिया ९ सय ५ बोरा, डीएपी एक हजार ५ सय ५९ बोरा, पोटास ६१ बोरा छ ।