Logo २७ बैशाख २०८३, आइतबार | Sun May 10 2026


एउटै कुकरमा पकाएको भातको हरेक सिता छामिरहनुपर्छ र ?– पियारी थापा


0
Shares

काठमाडौं । राष्ट्रिय जनमोर्चा पार्टीकी प्रदेशसभा सांसद पियारी थापाले एउटै कुकरमा पकाएको भातको हरेक सिता छामिरहनुनपर्ने बताउनुभएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिनुअघि जारी छलफलमा सांसद थापाले प्रधानमन्त्री केपी शर्मा ओलीले चालेका असंवैधानिक कदमको पक्षपोषण गरेको तर्फ संकेत गर्दै उहाँले एउटै कुकरमा पकाएको भातका हरेक सिता छामिरहनुनपर्ने बताउनुभयो ।

‘एउटा कुकरभित्र पकाएको भातको हरेक सिता छामिरहनुपर्छ होला र ?,’ उहाँले भन्नुभयो, ‘एउटा कुकरभित्र पाकेको भात समान रूपले पाकेको हुन्छ र मैले यो सरकारलाई त्यहि अनुरुपले हेरेको छु ।’

थापाले ओली पथलाई पछ्याइरहेको सरकारलाई हामीले कसरी विश्वास गर्ने भन्दै प्रश्न गर्नुभयो । उहाँले सरकारले भ्यू टावरमा जति ध्यान डोकोमा तरकारी बेच्न महिलाको लागि किन दिन नसकेको उहाँको आरोप छ ।