Logo १० चैत्र २०८२, मंगलबार | Tue Mar 24 2026


स्याङजाका पौडेल नक्कली सेनीटाईजर सहित प्रहरी नियन्त्रणमा


0
Shares

सागर न्यौपाने

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङजाले प्रहरीले स्थानीय देवेन्द्र पौडेललाई करिब २ सय लिटर नक्कली सेनीटाईजर सहित नियन्त्रणमा लिएको हो ।

स्याङजा जिल्लामा डिलरको रुपमा नक्कली सेनीटाईजर विक्रि वितरण गर्दै आएका प्रगतीनगरका एक व्यक्तीलाई नियन्त्रणमा लिएको छ ।

स्याङजा प्रहरीले पौडेलले विक्रि वितरण गरेका नक्कली सेनीटाईजरहरु स्याङजा सदरमुकाम पुतलीबजारमा रहेका सतीदेवी पोलिक्लीनीक र शुभ संगीता मेडिकलह हलबाट र पोखराबाट ल्याएका नक्कली सेनीटाईजर स्याङजा हस्पीटलबाट जफत गरेको जनाएको छ।

गोप्य सुराकीका आधारमा स्याङजा जिल्लामै नक्कली सेनिटाईजरको विक्रि वितरण गर्दै आएका स्याङजाका देवेन्द्र पौडेललाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय स्याङजाका प्रमुख प्रहरी उपरीक्षक होबेन्द्र बोगटीले जानकारी दिनुभयाे ।

काठमाडौंमा प्रहरीले कम्पनी माथी छापा हानेपछी सेनीटाईजर नक्कली हो भन्ने आफुलाई पनि थाहा पाएको पक्राउ परेका पौडेलले प्रहरीलाई बताएका छन् । बजारमा गएको सेनिटाईजर नक्कली भएको पौडेलले स्वीकार गरेका छन् ।

प्रहरी उपरीक्षक बोगटीले पौडेललाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेका जानकारी दिनुभयाे । स्याङजा प्रहरीले बजारमा नक्कली सेनीटाईजरको विगविगी रहेकाले कम्पनी हेरेर मात्रै सामान वा सेनीटाईजर खरिद गर्न अनुरोध गरेको छ ।