कपिलवस्तु, जेठ ७ । माओवादीका जिल्ला नेता दिपक पाण्डे र ईलास अख्तर मुसलमानलाई गोली प्रहार गरेको घटनामा संलग्न रहेको अरोपमा दुई जनालाई कपिलवस्तु प्रहरीले सार्वजनिक गरेको छ ।
पाण्डे र इलसाख अख्तर मुस्लमानलाई गोली हान्ने कपिलवस्तु नगरपालिका १ का आन्नदबाख बस्ने ३९ वर्षका ओम प्रकाश यादव रहेका प्रहरीले जनाएको छ ।
उनले घाईते पाण्डेसंगको व्यक्तिगत रीसका कारण अन्य व्यक्तिसँग मिली दिपक पाण्डेलाई गोली हानी हात्य गर्ने योजना बनाई लु १६ प ३४९७ को नम्बरको मोटरसाईकल अफैले चलाई प्रतिवादी वाड नं २ सगरटोल बस्ने ३३ वर्षका साकीर अली पाखिया समेत सोही मोटर साईकलमा चढी गोली हानेको अनुसन्धानटोलीबाट पक्राउ पर्न सफल भएको कपिलवस्तु प्रहरी उपरिक्षक नवराज अधिकारीले बताउनुभयो ।
घटनको बारेमा थप अनुसन्धान भइरहेको कपिलवस्तु प्रहरीले जनाएको छ ।








प्रतिक्रिया दिनुहोस्