२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


प्रधानमन्त्री ओलीले लगाए भाईटीका : ‘तिहारले समाजलाई सुव्यवस्थित बनाउँछ’


0
Shares

काठमाडौं । प्रधानमन्त्री केपीशर्मा ओलीले दुईजना बहिनीबाट भाईटीका लगाएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवाश बालुवाटारमा प्रधानमन्त्री ओलीले बहिनीहरु कौशल्या कोइराला र विष्णुमाया ढकालको हातबाट टीका लगाएका हुन ।

प्रधानमन्त्री ओलीले पञ्चाङ्ग निर्णायक समितिले निर्धारण गरेको शुभसाईत ११ः५५ बजेभन्दा ढिलो करिब साढे १ बजे भाइटीका लगाएका हुन ।

भाईटीकाको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री ओलीले तिहारले नेपाली समाजलाई सुव्यवस्थित र भाइचाराको सम्बन्ध स्थापित गर्न ठुलो योगदान पुर्‍याएको धारणा व्यक्त गरे ।

यस्तै पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बहिनी सुशीला खड्काको हातबाट भाइटीका लगाएका हुन ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बहिनी पार्वतीको हातबाट टिका लगाएका छन् ।

पूर्व प्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र झलनाथ खनालले पनि बहिनीहरुबाट भाईटिका लगाए ।