Logo १० आश्विन २०८३, शनिबार | Sun Sep 27 2026


अध्यक्ष दाहालसँग दूरी बढेको छैन : प्रधानमन्त्री ओली


0
Shares

काठमाडौं, कात्तिक १० । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसँग कुनै प्रकारको दूरी नबढेको र बढ्ने अवस्थासमेत नरहेको जनाएका छन् ।

असंलग्न आन्दोलन (नाम)को अजरबैजानको बाकुमा सम्पन्न १८औं शिखर सम्मेलनमा नेपाली प्रतिनिधिमन्डलको नेतृत्व गरी आइतबार स्वदेश फर्केपछि आयोजित पत्रकार भेटघाटमा ‘अध्यक्ष दाहालसँग दूरी बढेको हो ?’ भन्ने सन्चारकर्मीको प्रश्नमा प्रधानमन्त्री ओलीले उक्त जवाफ दिएका हुन् ।

प्रधानमन्त्री ओलीले भने–‘उहाँ काठमाडौंमा र म बाकुमा हुँदा दूरी त बढ्ने नै भयो । किनकि, दूरी नै टाढा छ । त्योभन्दा अरु टाढा केहीपनि छैन । दूरी बढ्ने स्थिति र सम्भावना पनि छैन ।’

जननेता मदनकुमार भण्डारीकै कित्तामा विगतमा आफू रहेको भन्ने अध्यक्ष दाहालको पछिल्लो अभिव्यक्तिबारे सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीको जवाफ थियो–‘उहाँले कुन प्रसंगमा भन्नुभएको हो, त्यो थाहा भएन । तर, जननेता भण्डारीको विचारका आधारमा पार्टीलाई समयानुकूलरुपमा अघि बढाउँछु भन्नुभएको हो । भण्डारीसँग पनि जोड्ने अनि हाम्रो दूरी बढेको कुरा पनि गर्ने, यो कुन गणितले काम गर्छ, मलाई थाहा भएन । गणित मिलेन । हाम्रो दूरी बढेको छैन ।’ रासस

Skip This