Logo १२ माघ २०८२, सोमबार | Mon Jan 26 2026


मन्त्रिमण्डल पुरानै, ईश्वर पोखरेलले लिए उपप्रधानमन्त्री पदको शपथ


0
Shares

काठमाडौं, वैशाख ३१ । नवगठित मन्त्रिपरिषदमा उपप्रधानमन्त्री पदमा ईश्वर पोखरेललाई शपथ दिलाइएको छ ।

शीतलनिवासमा आयोजित शपथ समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पोखरेललाई उपप्रधानमन्त्री पदको शपथ दिलाउनुभएको हो ।

यसैगरी राष्ट्रपति भण्डारीले नवनियुक्त मन्त्रीहरुलाई पनि शपथ दिलाउनुभएको छ । प्रधानमन्त्री ओलीले मन्त्रिमण्डलमा पुरानै सदस्यहरुलाई निरन्तरता दिनुभएको छ ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले राज्यमन्त्रीहरुलाई शपथ दिलाउनुभएको थियो ।

प्रधानमन्त्री बन्न सघाएका पार्टीभित्रकै माधव नेपाल समूह र जनता समाजवादी पार्टीका महन्थ ठाकुर पक्षकालाई भने मन्त्रिमण्डलमा सामेल गराइएको छैन ।

यद्यपि, प्रधानमन्त्रीले दुबै समूहलाई सरकारमा सामेल हुन आग्रह गरेको बताइएको छ ।

यी हुन् मन्त्री हुनेहरुः
ईश्वर पोखरेल, उप्रपधान तथा प्रधानमन्त्री कार्यालय
रामबहादुर थापा बादल, गृह
टोपबहादुर रायमाझी, उर्जा
विष्णु पौडेल, अर्थ
प्रदिप ज्ञवाली, परराष्ट्र
हृदयेश त्रिपाठी, स्वास्थ्य तथा जनसंख्या
लेखराज भट्टर, उद्योग, बाणिज्य तथा आपूर्ति
कृष्णगोपाल श्रेष्ठ, शिक्षा
प्रभु साह, सहरी विकास
भानभुक्त ढकाल, पर्यटन
मणिचन्द्र थापा, खानेपानी
पद्मा अर्याल, कृषि
बसन्त नेम्वाङ, भौतिक पूर्वाधार तथा यातायात
गौरीशंकर चौधरी, श्रम, रोजगार
पार्वत गुरुङ, सञ्चार
शिवमाया तुम्बाहाम्फे, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
लिलानाथ श्रेष्ठ, कानून
गणेशसिंह ठगुन्ना, संघीय मामिला तथा सामान्य प्रशासन
प्रेमबहादुर आले, वन
जुलीकुमारी महतो, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
दावा लामा तामाङ, युवा तथा खेलकुद