Logo ५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026


कास्की–२ मा विद्याको नाम सिफारिस


0
Shares

पोखरा, कात्तिक ८ । सत्तारुढ दल नेकपा कास्की जिल्ला कमिटीले आउँदो मंसिर १४ गते कास्की क्षेत्र नम्बर–२ मा हुने उपनिर्वाचनका लागि तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीकी पत्नी विद्या भट्टराईको नाम सिफारिस गरेको छ ।

जिल्ला कमिटीको शुक्रबार बसेको बैठकले उनको मात्र नाम सिफारिस गर्ने सहमति गरेको हो ।

गएको वर्ष फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा अधिकारीको निधन भएपछि प्रतिनिधिसभा सदस्यका लागि कास्की–२ मा उपनिर्वाचन हुँदैछ ।