२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


कांग्रेस पदाधिकारी बैठक बस्दै


0
Shares

काठमाडौं । नेपाली काँग्रेसको पदाधिकारी बैठक सुरु भएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा केहीबेर अघि सुरु भएको बैठकमा भातृसंस्था, केन्द्रीय विभागसहितका विषयमा छलफल हुनेछ ।

बैठकमा हिजो प्रधानमन्त्री केपी ओली र नेकपाका अध्यक्ष पुष्पकमल दाहालसँग बालुवाटारमा सभापति देउवासँग भएको कुराकानीका बारेमा पनि छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री ओली, दाहाल र देउवाबीच हिजो सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोग गठनसम्बन्धी छलफल भएको थियो ।

सोही छलफलमा सतारुढ दलले आयोग गठन सम्बन्धी राखेको प्रस्तावका बारेमा पदाधिकारी बैठकमा छलफल हुने काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।

बैठकमा नेबिसंघको तदर्थ समिति गठनका बिषयमा पनि छलफल हुने बताइएको छ ।

यसैगरी बैठकमा मंसीर १४ गते हुने उपनिर्वाचनमा पार्टीको तर्फबाट चयन हुने उम्मेद्वारका बारेमा पनि छलफल हुनेछ ।