
काठमाडौं, कात्तिक ४ । नेकपा क्रान्तिकारी माओवादीनिकट देशभक्त जनगणतान्त्रिक मोर्चाले आउँदो मंसिर १४ गते हुने उपनिर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ ।
सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै मोर्चाले उपनिर्वाचन बहिस्कार गर्ने निर्णय गरेको जनाएको हो ।
नेकपा क्रान्तिकारी माओवादीले देशभक्त जनगणतान्त्रिक मोर्चा नामको मोर्चा संगठन बनाएर स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा भाग लिएको थियो ।
पत्रकार सम्मेलनमा मोर्चाका संयोजक सीपी गजुरेलले आफूहरुले अहिलेको संविधान, सरकार र व्यवस्थाकै विकल्प खोजेको भन्दै उपनिर्वाचनको कुनै औचित्य नभएको बताए ।
उनले मुलुकमा अहिलेको व्यवस्थाले परिवर्तन संस्थागत नहुने जिकिर गरे । अहिले ठूला देशको शक्तिअगाडि नेपाललाई चेपुवामा पार्न लागेको उनको तर्क थियो ।
निर्वाचनलाई पार्टीले रणनीति नभइ कार्यनीति मान्ने भन्दै उनले यसअघिको निर्वाचनमा भाग लिएपनि अब भने निर्वाचनमा भाग नलिने जिकिर गरे ।
प्रतिक्रिया दिनुहोस्