
काठमाडौँ । नेपाली काङ्ग्रेस धादिङका कोषाध्यक्ष बाबुकृष्ण सापकोटा गिरिजाप्रसाद कोइराला फाउण्डेशन(जिपी फाउन्डेसन)को आमन्त्रित केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।
फाउण्डेशनको मंगलबार बसेको सञ्चालक समितिको बैठकले दुई वर्ष कार्यकाल रहने गरी सापकोटालाई आमन्त्रित केन्द्रीय सदस्यको रुपमा मनोनयन गरेको हो ।
नियुक्तिपत्रमा नेपालका महानायक एवम् गणतन्त्रका पिता गिरीजाप्रसाद कोइरालाले कल्पना गर्नुभएको सहमति, सहकार्य र एकताको सूत्रमा समृद्ध नेपालको निर्माण गर्ने अभियानमा क्रियाशिल रहन आग्रह गरिएको छ ।
उनलाई फाउण्डेशनकी केन्द्रीय सदस्य सुजाता कोइरालाले नियुक्तिपत्र हस्तान्तरण समेत गरिन ।
प्रतिक्रिया दिनुहोस्