Logo १५ चैत्र २०८२, आइतबार | Mon Mar 30 2026


नेपाली युवाहरुको अर्को प्रोजेक्ट : यस्तो इलेक्ट्रिक ड्युअल स्पोर्ट मोटरसाइकल पी–१ बन्दै


0
Shares

काठमाडौं । आगामी बैशाख १० गते पी–० नामक मोटरसाइकल सार्वजनिक गर्ने तयारी गरिरहेको यात्री मोटरसाइकल्सले पी–१ नामक ड्युअल स्पोर्ट मोटरसाइकलको लागि पनि कार्य गरिरहेको बताएको छ ।

सामाजिक सञ्जालमार्फत पी–१ को तस्बिर सार्वजनिक गर्दै यात्री मोटरसाइकल्सले नेपाली सडकका लागि उपयुक्त यो मोटरसाइकल उत्पादनमा निरन्तर लागिरहेको जानकारी दिएको हो । हलुका र उपयुक्त सस्पेन्सन सहित नेपाली सडकका लागि उपयुक्त यो मोटरसाइकल धेरै राइडरहरु माझ पु¥याउने योजना रहेको बताइएको छ ।

सामाजिक सञ्जालमा राखिएको तस्बिर पश्चात धेरै प्रतिक्रिया प्राप्त भएका छन् । कतिपयले यसको डिजाइन उपयुक्त भएको बताएका छन् भने कतिपयले केही परिमार्जन गर्न सुझाव दिएका छन् । अट्टाे नेपाल