२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


जनताको विश्वास माथि ओली सरकारले लात हान्याे: प्रकाशमान सिंह


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका प्रभावशाली नेता प्रकाशमान सिंहले जनताले दिएको अधिकारको दुरुपयोग गरि ओली सरकारले जनताको विश्वास माथि लात हानेको बताउनु भएको छ ।

शनिवार श्री भगबती क्लबकाे आयोजनामा काठमाण्डौैको टोखामा भएको शुभकामना आदानप्रदान तथा गणेशमान सिंहको स्मृतिमा निर्माण गरिएकाे पोखरीको उद्घाटन कार्यक्रममा बोल्दै नेता सिंहले नैतिकता नभएको प्रधानमन्त्री धेरै समय राख्न हुने भन्दै तत्काल ओलीको बिकल्प खोज्नु पर्ने बताउनु भएको हो ।

उहाँले भन्नुु भयो ,‘ प्रधानमन्त्री ओलीले संबिधान मिचेर आफु अनैतिक भएको पुष्टि गरिसक्नु भयो । अन्तराष्ट्रिय प्रचलन, संबैधानिक दृष्टिकोणले पनि ओली प्रधानमन्त्री पदका लागी अयोग्य भईसके । अब ओलीको बिकल्प तल्काल दिनु पर्छ ।’

साथै नेता सिंहले राजनिती ठिक भएका देशको सामाजिक, आर्थिक लगायत सम्पुर्ण क्षेत्रको बिकास हुने भन्दै राजनीति गर्ने नेतामा नैतिकता हुन जरुरी रहेको पनि बताउनु भयो ।

तर ओलीमा अलिकति पनि नैतिकता नभएको भन्दै ओलीलाई प्रधानमन्त्रीमा बसिरहन दिए आफुहरुको पनि नैतिकतामा प्रश्न उठ्ने बताउनु भयो ।

बिगतका घटनाले यो सरकार भ्रष्टाचारमा लिप्त भएको पुष्टि भईसकेको भन्दै नेता सिंहले ओली सरकारले भ्रष्टाचारीलाई संरक्षण गरि रहेको बताउनु भयो ।

नेता सिंहले सरकार परिवर्तन गर्न कांग्रेस एक्लैको बहुमत नपुग्ने हुँदा ढिला भएको बताउदै आफुहरुलाई जनताले प्रतिपक्षमा बस्ने अधिकार दिए पनि कम्युनिष्टहरुले देश सञ्चालन गर्न नसकेका कारण सरकार निमार्णमा अग्रसर भएको प्रस्ट पार्नु भयो ।

देश बचाउन, लोकतान्त्रिक मुल्यमान्यता बचाउनको लागी भए पनि अहिले कांग्रेसले प्रभावकारी भुमिका खेल्ने अवस्था आएकाले आफुहरु त्यसमा लागी परेको उहाँको भनाई छ ।