
काठमाडौं, चैत २६ । नेपालका कृषि मेसिनरी व्यवसायीहरुले किसानको लागत घटाउन र उत्पादन बढाउन सघाउ पुर्याएपनि सरकारी बेवास्ताको कारण प्रयाप्त काम गर्न नसकेको गुनासो गरेका छन् ।
नेपाल कृषि मेसिनरी व्यवसायी संघको पाँचौ वार्षिक साधारणसभामा भेला भएका व्यवसायीले देश भित्र नै मेसिनको उत्पादन गर्न सके किसानलाई थप सहज हुने बताएका छन् ।
कार्यक्रममा नेपाल कृषि मेसिनरी व्यवसायी संघका अध्यक्ष स्वयंभूकृष्ण श्रेष्ठले संघ, प्रदेश र स्थानीय सरकारले दिने अनुदान सहुलियतमा एकरुपता हुनुपर्ने बताउनुभयो ।
अर्का व्यवसायी कृष्ण शर्माले नेपालमा अत्याधुनिक कृषि मेसिनरीको प्रयोग बढ्दो रहेको बताउनुभयो ।
सरकारले कृषिको आधुनिकीकरण र मेसिनरी प्रयोगमा समसामयिक नीति र ऐन ल्याउन आवश्यक रहेको बताउनुभयो ।
समयमा नै नीति बनाई लागू गर्न सके विदेशबाट आयात भइरहेको कृषि उपजलाई रोक्न सकिने व्यवसायीहरुको भनाइ छ ।
व्यवसायीहरुले हरेक वर्ष देशका विभिन्न शहरहरुमा कृषि यान्त्रिकरण मेला पनि गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्