काठमाडौं । सशस्त्र प्रहरीको विभागीय टिम एपीएफ क्लब १९औं संस्करणको आहा रारा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
पोखरा रंगशालामा शनिबार भएको उद्घाटन खेलमा आयोजक सहारा क्लब पोखरालाई १–० गोल अन्तरले पराजित गर्दै एपीएफ अन्तिम चारमा पुगेको हो । एपीएफलाई जित दिलाउन आशिष लामाले निर्णायक गोल गरे ।
प्रतियोगितामा स्वदेशी तथा विदेशी गरी कुल ८ वटा टीमकोसहभागिता रहेको छ । प्रतियोगिताको विजेता टिमले नगद १० लाख १ हजार र उपविजेता टिमले नगद ५ लाख १ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्