Logo १४ श्रावण २०८३, बिहिबार | Thu Jul 30 2026


नेचासल्यान पहिलो साक्षर गाउँपालिका


0
Shares

सोलुखुम्बु, चैत १८ । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका जिल्लाकै पहिलो साक्षर स्थानीय तह बनेको छ ।

अनौपचारिक शिक्षा तथा साक्षरता कार्यक्रम कार्यान्वयन सहजीकरण पुस्तिका २०७५ अनुसार नेचासल्यानको कुल जनसंख्या १५ हजार ५सय २६ मध्ये ९७ प्रतिशत साक्षर रहेको तथ्याङ्क सङ्कलनपछि साक्षर गाउँपालिका घोषणा गरिएको गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाले जानकारी दिनुभयो ।

नेपाललाई नै साक्षर मूलुक घोषणाका लागि देशभर साक्षर घोषणा अभियान सञ्चालन गरिएको छ ।

नेचासल्यान गाउँपालिकामा १५ वर्षभन्दा माथिको कूल जनसंख्या १२ हजार २ सय ६० मध्ये ९६ प्रतिशत तथा १५ देखि ६० वर्ष समूहको कूल जनसंख्या १० हजार ६ सय ९८ मध्ये ९५ प्रतिशत भन्दा बढी साक्षर रहेका छन् ।