१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


सत्तारुढ दलका कार्यकर्ता समाज भाँड्न उद्दत छन, कांग्रेस चुप लागेर बस्दैन : सभापति देउवा


0
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सत्तारुढ दल नेकपाका कार्यकर्ताका अराजक गतिविधिले समाजमा अशान्ति फैलने खतरा बढेको बताएका छन् ।

नेपाल राष्ट्रिय मगर संघ ३ नम्बर प्रदेशले आज काठमाडौमा गरेको दशैं शुभकामना आदानप्रदा कार्यक्रममा उनले समाजलाई अराजकतातिर लैजान खोजे कांग्रेस चुप लागेर बस्दैन भने ।

प्रजातन्त्रका मूल्य मान्यताको खिालाफमा नजान सरकारको ध्यानाकर्षण गराए । माओवादीले आदिवासी जनजातिलाई गलत आश्वासन दिएर गलत बाटोमा लगाएको पनि उनको थियो ।

कार्यक्रममा कांग्रेस उपसभापति विमलेन्द्र निधिले सत्तारुढ दलका कार्यकर्ताहरु छिमेकी राष्ट्र चीनका राष्ट्रपति सि चिन पिङको आसन्न नेपाल भ्रमणको वातावरण विथोल्न लागिरिहेको आरोप लगाए ।

यस्तै कांग्रेस महामन्त्री डा.शशांक कोइरालाले सरकार नै संविधानको उल्लङ्घन गरिरहेको आरोप लगाए ।