
-प्रज्ञा तिमल्सिना र राममान डंगोल(ईमेज)
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७७ सालको फागुन ९ गतेसम्म नर्सिङ शिक्षा पढाइ हुने कलेजहरुको आफ्नौ एकसय शैया सम्मको अस्पताल हुनु पर्ने जनाएको छ ।
अबको डेढ बर्षभित्र आफ्नो छुट्टै अस्पताल नहुने कलेजको सम्बन्धन खारेज हुने पनि मन्त्रालयले जनाएको छ । अझै पनि ९३ वटा नर्सिङ कलेजहरुको आफनै छुट्टै अस्पताल छैन ।
नर्सिङ् कलेज संचालन गर्न अनिवार्य रुपमा आफ्नै अस्पताल हुनुपर्ने नियम रहेको छ । स्वास्थ्य मन्त्रालयले २०६७ सालमा नै ५० शैया सम्मको आफ्नै अस्पताल बनाउन निर्देशन दिएको थियो ।
मन्त्रालयले दिएको निर्देशन नौं बर्ष वितिसक्दा पनि ९३ वटा कलेजको आफनो अस्पताल छैन । नर्सिङ् शिक्षालाई विश्वसनीय बनाउन ल्याइएको प्रावधान लागु नगरेकालाई मन्त्रालयले थप समय दिँदै आएको थियो ।
त्यसको वावजुद ९३ वटा कलेजले अस्पतालविना नै नर्सिङ शिक्षा दिइरहेका छन् ।
हालै जारी चिकित्सा शिक्षा ऐनमा पनि २०७७ सालको फागुन ९ गते समय १ सय सैया सम्मको अस्पताल बनाउनुपर्ने प्रावधान तोकेको छ ।
यसलाई कार्यान्वयन गराउन स्वास्थ्य मन्त्रालय लागिपरेको छ तर ५० शैयासम्मको अस्पताल विना नै नर्सिङ शिक्षा दिइरहेका कलेजहरुले अबको एक बर्षभित्र एकसय शैयाको अस्पताल बनाउनेमा भने अझै शंका छ ।
तर स्वास्थ्य राज्य मन्त्री डा. सुरेन्द्र यादवले भने चिकित्सा शिक्षा ऐनमा लेखिएको कुरा कार्यन्यनमा ल्याउने दावी गर्छन ।
त्यसो त स्वास्थ्य राज्यमन्त्री आफै पनि अस्पताल नभएका नर्सिङ् कलेजहरुलाई अनुमति दिएको विवादमा धेरै पटक मुछिनु भएको छ ।
५० शैयाको अस्पताल भएका कलेजले प्रमाणपत्र तहका पढाउन बढीमा २० सिट मात्र दिन मिल्ने नर्सिङ काउन्सिलको प्रावधान विपरित स्वास्थ्यराज्य मन्त्री यादवले ४० सिट दिन निर्देशन दिएको आरोप लाग्दै आएका छ ।
तर हाल स्वास्थ्य मन्त्री यादवले आगामी बर्षसम्म एकसय शैयाको अस्पताल नबनाउने कलेजहरुको अनुमति खारेज हुने बताउँछन् ।
नर्सिङ् शिक्षा दिने कलेजका अस्पतालमा विरामीको संख्याको अकुपेन्सि ६० प्रतिशतमाथि हुनु पर्ने नियम छ ।
अस्पतालविना नै नर्सिङ् शिक्षा दिइरहेका कलेजहरुले अबको डेढ बर्षभित्र १ सय शैयाको अस्पताल बनाई चिकित्सा शिक्षा ऐन अनुकुल काम गर्लान भन्नेमा अझै पनि शंका छ । यो प्रावधान लागु गराउने मन्त्रालयले ठूलै कसरत गर्नुपर्ने देखिन्छ ।
प्रतिक्रिया दिनुहोस्