२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


मीनेन्द्र रिजालमाथि आक्रमणको प्रयास भएकामा ध्यानाकर्षण


0
Shares

काठमाडौं, असोज १३ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले तनहुँमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताले कांग्रेस केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालमाथि आक्रमण गर्न खोजेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी गर्दै नेता रिजालमाथि नेकपाका कार्यकर्ताले गरेको व्यवहारप्रति गम्भीर ध्यानाकर्षण भएको बताए । 

तनहुँको रिसिङ गाउँपालिकाको भवन शिलान्यास कार्यक्रममा गएका नेता रिजाल, कांग्रेस तनहुँका कार्यवाहक सभापतिलगायतलाई नेकपाका कार्यकर्ताले खुकुरी, भाला, लाठी, ढुंगा र सिसीले आक्रमणको प्रयास गरेको विज्ञप्तिमा उल्लेख छ ।

कार्यक्रमका विषयमा स्थानीय प्रहरी प्रशासनलाई समयमै जानकारी गराउँदा पनि प्रहरी प्रशासनले बेवास्ता गरेको कांग्रेसले जनाएको छ ।

गाउँपालिकाको बैठकले सर्वसम्मतिबाट सो भवनको शिलान्यास डा. रिजालबाट गराउने निर्णय गरेपछि उनी त्यहाँ गएका हुन् । रासस