
काठमाडौं, असोज १२ । नेपाली कांग्रेसका नेता गगन थापाले सत्तारुढ दल नेकपा फासीवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् ।
राजधानीमा आज भएको कार्यक्रममा उनले दुई तिहाईको बहुमत भए पनि केही काम गर्न नसकेपछि सरकार नै फासीवादतर्फ उन्मुख भएको बताए ।
चितवनमा ज्ञानेन्द्र शाहीमाथि भएको आक्रमणले सरकार फासिस्ट बाटोतर्फ गईरहेको प्रष्ट पारेको थापाको भनाइ थियो ।
नाम कम्युनिष्ट भए पनि नेकपाको आफ्नो प्रष्ट विचारधारा नहुँदा चिनियाँ राष्ट्रपतिको विचारधारा अँगाल्न खोजेको आरोपसमेत थापाले लगाए ।
प्रतिक्रिया दिनुहोस्