
काठमाडौं, असोज ११ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नौबिसे–नागढुंगाको सवारीजाम पनि खुलाउन नसक्ने सरकारप्रति जनताको आशा नरहेको बताएका छन् ।
कांग्रेस काठमाडौं निर्वाचन क्षेत्र नम्बर–१ ले आउँदो प्रमुख चाडपर्वका अवसरमा शनिबार काठमाडौंमा गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा उनले जाममा परेर बिरामीको मृत्यु हुँदासम्म पनि दुईतिहाइ बहुमतको सरकारले कुनै वास्ता नगरेको बताए ।
बजार भाउ अनियन्त्रित र जनजीवन अस्तव्यस्त हुँदासमेत सरकार रमिते बनेको उनको भनाइ थियो ।
उनले पार्टीलाई संस्थागतरुपमा अगाडि बढाउन र पार्टीभित्रको एकता अहिलेको आवश्यकता भएको पनि बताए ।
अरु वक्ताहरुले भने कम्युनिस्ट सरकारले कर र महँगी बढाएको भन्दै सरकारको आलोचना गरे ।
उनीहरुले चाडबाडको समय नागरिकलाई सहज वातावरण बनाइदिनुको सट्टा चिनियाँ राष्ट्रपति सी चिनफिङ विचारको पछि लागेको भन्दै सरकारको आलोचना गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्