
सिन्धुपाल्चोक, असोज ९ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले नेपालका कम्युनिस्टहरु सी चिनफिङ पथमा गए देश नै धरापमा पर्ने दाबी गरेका छन् ।
नेपाल प्रजातन्त्र सेनानी संघको सिन्धुपाल्चोक जिल्ला सम्मेलनको बिहीबार चौतारामा उद्घाटन गर्दै उनले सी विचारधारा लागू गर्ने ‘दुस्साहस’ गरे मुलुकमा ठूलो दुर्घटना निम्तिने चेतावनी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण गणतन्त्र र संघीयता खतरामा परेको उनको आरोप थियो ।
कार्यक्रममा कांग्रेस युवा नेता प्रदीप पौडेलले नेपालका कम्युनिस्टहरु अहिले पनि अन्योलमै रहेको टिप्पणी गरे ।
कार्यक्रममा प्रजातन्त्र स्थापनाका लागि योगदान पुर्याउने प्रजातन्त्र सेनानीहरुलाई सम्मान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्