Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


सरकार निरंकुश बन्दै गएको भन्दै आनावश्यक हल्ला नफैलाउनोस् : नेता नेपाल


0
Shares

काठमाडौं, असोज ८ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता माधवकुमार नेपालले आफ्नो पार्टी कुनै पनि प्रकारको निरंकुशताको पक्षमा नरहेको जिकिर गरेका छन् ।

नेकपा विदेश विभागले आयोजना गरेको ‘कम्युनिस्ट पार्टीहरुको एसिया प्रशान्त क्षेत्रीय सम्मेलन’को बुधबार काठमाडौंमा उद्घाटन गर्दै नेता नेपालले जनताले रुचाएर सरकार सन्चालन गरिरहेको पार्टी निरंकुश बन्दै गएको भन्दै अनावश्यक हल्ला फैलाएको बताए ।

नेकपाको विदेश विभाग प्रमुखसमेत रहेका नेता नेपालले लोकतन्त्रको सर्वोच्चतम् विधि निर्वाचनमार्फत् दुईतिहाइ बहुमत ल्याएर सरकारको नेतृत्व गरिरहेको पार्टीप्रति अनावश्यक हल्ला नफैलाउन अरु दलहरुलाई चेतावनी दिए ।

नेता नेपालले राष्ट्रियता, लोकतन्त्र र जनजीविकाको पक्षमा सतिसालझैं उभिएर काम गरिरहेको जिकिर गरे ।

उनले आफ्नो पार्टी नेकपाले निर्वाचनको माध्यमबाट जनताको विश्वास जितेर पटक–पटक मुलुकको शासनसत्ता सन्चालन गर्ने मौका पाएको स्मरण गरे ।