Logo ३० बैशाख २०८३, बुधबार | Wed May 13 2026


कम्युनिस्टहरुलाई नयाँ ध्रुवीकरणमा लाग्न भट्टराईको सुझाव


0
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा)का नेता डा. बाबुराम भट्टराईले कम्युनिस्टहरुलाई नयाँ ध्रुवीकरणमा लाग्न सुझाव दिनुभएको छ ।

आज सामाजिक सञ्जाल ट्वीटरमार्फत उहाँले माक्र्सको दर्शनअनुसार पुरानोको ध्वंसबिना नयाँ निर्माण नहुने भन्दै नयाँ ध्रुवीकरणमा लाग्न सुझाव दिनुभएको हो ।

डा. भट्टराईले विशेष गरी सर्वोच्च अदालतको फैसलाले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई पूर्व एमाले र पूर्व माओवादी केन्द्रमा विभाजन गरिदिएको तर्फ इंगित गर्दै यसलाई अवसरको रुपमा लिँदै नयाँ समाजवादी शक्ति निर्माण लाग्न सुझाव दिनुभएको छ ।

नेकपाबाट छुट्टिएपछि माओवादी केन्द्र र एमालेभित्र पनि आन्तरिक संघर्ष जारी रहेकाले अहिलेको आवश्यकता अनुसार अब समाजवादी ध्रुवीकरणमा लाग्नुपर्ने बताउनुभयो ।

उहाँले फेरि पनि फुटेका हाँडीका टुक्राहरूको डम्फु बजाउनु अथवा तिनलाई टेपले टाँसेर पुरानै हाँडी बनाउने मिथ्या कोसिस गर्नुको सट्टा नयाँ समाजवादी ध्रुवीकरण तिर लाग्ने हो कि भन्दै कम्युनिस्ट नेताहरुलाई सुझाव दिनुभयो ।