
काठमाडौं, असोज ६ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले लामखुट्टेको टोकाइबाट सर्ने डेंगी रोग विस्तारै नियन्त्रणमा आउन थालेको जनाएको छ ।
पानी कम पर्न थालेपछि डेंगी रोगका बिरामीको संख्यासमेत घट्दै गएको महाशाखाले जनाएको छ ।
महाशाखा प्रमुख डा. विवेककुमार लालले पानी पर्न कम भएको एक महिनासम्म पनि डेंगी रोगका बिरामी देखिनसक्ने भन्दै काठमाडौं, चितवन र कास्की जिल्ला अझै जोखिममा रहेको बताए ।
गएको वैशाखदेखि फैलिएको डेंगीका कारण झन्डै ८ हजार मानिस प्रभावित भए भने ६ जनाको मृत्यु भएको थियो ।
प्रतिक्रिया दिनुहोस्