१९ असार २०८२, बिहिबार | Fri Jul 4 2025


सरकार भ्रष्टाचारमा लिप्त : देउवा


0
Shares

काठमाडौं, असोज ६ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकार भ्रष्टाचारमा लिप्त भएको आरोप लगाएका छन् ।

नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष नैनसिंह महरको ‘कम्युनिष्ट सरकारको काण्डै–काण्ड’ नामक पुस्तकको आज काठमाडौंमा लोकार्पण गर्दै सभापति देउवाले विना टेन्डर सरकारी आयोजनाहरु ठेकेदारलाई जिम्मा लगाउन थालिएको भन्दै मेलम्ची खानेपानी आयोजनामा चरम भ्रष्टचार भएको बताए ।

उनले सरकार गैरसंवैधानिक काममा मात्र तल्लीन रहेको भन्दै लोकतन्त्रको आधारस्तभ मानिने प्रेस, मानवअधिकार र स्वतन्त्रता हननमा लागेको आरोप लगाए ।

महामन्त्री डा. शशांक कोइरालाले कम्युनिष्ट सरकार आफ्नै कामले नांगिदै गएको भन्दै पार्टीमा एकता भए कांग्रेसलाई कसैले हराउन नसक्ने दावी गरे । उनले पार्टी सभापतिलाई काम गर्ने अवसर दिनुपर्ने भन्दै आफुले सभापतिलाई कहिल्यै असहयोग नगरेको प्रष्ट पारे ।

कार्यक्रममा कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँण, केन्द्रीय सदस्य एनपी साउद लगायतले सरकार मित्र राष्ट्रहरुसँग सम्बन्ध बिगार्न लागेको भन्दै नेपालको कम्युनिष्ट पार्टीले चिनियाँ कम्युनिष्ट पार्टीसँग भगिनी सम्बन्ध बनाउँदा देशलाई पुग्ने क्षतितर्फ सचेत हुन आग्रह गरे ।