Logo ७ असार २०८३, आइतबार | Mon Jun 22 2026


म्यानमार-सैन्य कानुनको सहारा, सूचीलाई अदालतमा पेश गर्ने योजना स्थगित


0
Shares

काठमाडौं । म्यानमारमा सैन्य ‘कू’ विरुद्ध जारी आन्दोलनमा ठूलो रक्तपात भएको भोलिपल्ट आज सेनाले थप जिल्लामा पनि सैन्य कानुन लागु गरेको छ ।

गत फेब्रुअरी १ मा सेनाले सत्ता हत्याएपछि आन्दोलन चर्कदैं गएको छ । हिजोमात्र सुरक्षाकर्मीको गोली लागि कम्तिमा ५० जनाको मृत्यु भएको थियो । नजरबन्दमा राखिएकी नेत्री आङ सान सूचीलाई अदालतमा पेश गर्ने तालिका भएको एक दिनअघि अहिलेसम्मकै ठूलो रक्तपात भएको हो।

तर सूचीलाई अदालतमा इन्टरनेटको माध्यमबाट पेस गर्ने योजना प्राविधिक कारणले स्थगित भएको जनाइएको छ । प्रदर्शनकारीहरुले नेतृ सूचीलगायत पक्राउ परेका नेताहरुको रिहाइ र प्रजातन्त्र पूनर्वहालीको माग गर्दै प्रदर्शन गरिरहेका छन् । सेनाले निर्वाचनमा धांधली भएको आरोप लगाउंदै कू गरेको हो । तर त्यहांको निर्वाचन आयोगले भने धांधलीको कुनै प्रमाण नभेटिएको जनाएको छ । एजेन्सी