२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


विवादित विधेयकमा संशोधनको तयारी : नेम्वाङ


0
Shares

काठमाडौं, असोज ३ । सत्तारुढ दल नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले एक वर्षभित्र सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका बाँकी सबै काम सम्पन्न हुने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेम्वाङले आयोगमा पदाधिकारी सिफारिस गर्न गठित समितिले यसै हप्ता पदाधिकारीको नाम सिफारिस गरिसक्ने बताए ।

उनले पदाधिकारी सिफारिस गर्न द्वन्द्वपीडितहरुसँग परामर्श भइरहेको जानकारी दिए ।

अहिलेको ऐनले पीडितहरुलाई न्याय दिन नस्कने भन्दै उनले संशोधन गरिने बताए ।

विवादित बनेका सरकारी विधेयकमा सरकारले संशोधनको तयारी गरेको भन्दै नेम्वाङले यसले आमूल परिवर्तन ल्याउने जिकिर गरे ।

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारलाई संविधानप्रति उत्तरदायी भएर जनताको हितप्रति काम गर्न आह्वान गरे ।

सरकारले आफूले गरेका कामहरुको आफैंले मूल्यांकन गरी त्रुटि सच्याउनुपर्ने उनको भनाइ थियो ।

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका नेता महेन्द्र राय यादवले संविधान जारी गर्दा सबै राजनीतिक दलले हस्ताक्षर नगरेको भन्दै अपूरो संविधान आफूहरुलाई स्वीकार्य नरहेको बताए ।

संविधान संशोधन सबै राजनीतिक दलको एजेन्डा भएपनि सरकारले बेवास्ता गरिरहेको उनको भनाइ थियो ।