Logo ५ फाल्गुन २०८२, मंगलबार | Tue Feb 17 2026


कुनै पनि बेला मतपत्र छाप्ने आदेश आउनसक्छ, तयारी अवस्थामा बस्नुस्– मन्त्री श्रेष्ठ


0
Shares

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले जनक शिक्षा सामाग्री केन्द्र निर्वाचनको लागि मतपत्र छाप्न पनि तयारी अवस्थामा रहनुपर्ने बताउनुभएको छ ।

मंगलबार जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडको अनुगमनमा पुग्नुभएका मन्त्री श्रेष्ठले कुनैपनि बेला मतपत्र छाप्ने निर्देशन आउने भएकाले तयारी अवस्थामा रहन आग्रह गर्नुभयो ।

‘निर्वाचन आयोगबाट प्राप्त मतपत्र छाप्ने मेसिनलाई तयारी अवस्थामा राख्नुहोस्,’ उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगले आदेश दिने बित्तिकै खररररर मत पत्र छाप्ने गरी तयारीमा गर्नुहोस्, कुनैपनि बेला तपाईंहरूलाई यो आदेश आउनसक्छ ।’

मन्त्री श्रेष्ठले सरकारले चुनाव चाहेकोले निर्वाचन आयोगले मतपत्र छाप्ने ठाउँ समयमै छापेर दिनसक्ने स्थितिमा रहनुपर्ने बताउनुभयो ।