Logo ८ असार २०८३, सोमबार | Mon Jun 22 2026


केपी ओली ‘लुरे’ प्रधानमन्त्री– गगन थापा


0
Shares

सर्लाही । नेपाली कांग्रेसका केन्द्रीय सदस्य गगन थापाले केपी शर्मा ओलीलाई ‘लुरे’ प्रधानमन्त्रीको संज्ञा दिनुभएको छ ।

मंगलबार सर्लाहीको दक्षिण–पश्चिम भेगस्थित धनकौल बजारमा पार्टीद्वारा आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै थापाले प्रधानमन्त्री आफैँले ‘मेरो जीउज्यान असुरक्षित छ’ भन्दै हिँड्दा जनताले यो सरकारबाट सुरक्षाको के अपेक्षा गर्नु ? भन्दै प्रश्न गर्नुभयो । ओलीको बोलीको ठेगानै नरहेको उहाँको आरोप छ ।

पदको मोहले गर्दा नेकपाभित्र अहिले भाँडभैलो मच्चिएको भन्दै कांग्रेस केन्द्रीय सदस्य थापाले यसअघि अहिले विरोध गरे पनि पहिले भने प्रचण्ड–माधव समूहका नेताहरूले राष्ट्रपति र प्रधानमन्त्रीको असंवैधानिक कामकारबाहीलाई आँखा चिम्लिएर सहयोग गरेको बताउनुभयो ।